कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली: कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

आइतबार दिउसो बर्दगोरिया गाउँपालिका–४ पुरैन तालमा करेन्ट लाग्दा सोहीँ ठाउँका ४५ वर्षीय प्रशादे साउदको मृत्यु भएको हो।

Dengue

प्रहरीका अनुसार छिमेकी मोहन बुचामगरको घरमा आएका बेला साउदलाई करेन्ट लागेको थियो। बुचामगरको टिनले छाएको कच्ची भान्सा घरमा तानिएको बिजुलीको तार सर्ट भएर साउदलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएपछि साउदलाई घोडाघोडी अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार