कैलाली: प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको छ ।
उनी जिल्ला प्रशासन कार्यालय सुर्खेतले आयोजना गरेको अन्तर जिल्ला सुरक्षा सम्मेलनमा सहभाग हुन बुधवार सुर्खेत गएका थिए।
सुर्खेतबाट फर्किदा उनी सवार गाडी दुर्घटनामा परेको हो।
सुर्खेतसँग सीमाना जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरुको सम्मेलनमा सहभागिता रहेको थियो।
दुर्घटनामा कसैलाई चोटपटक नलागेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए।
गाडी भने क्षतिग्रस्त भएको छ ।





प्रतिक्रिया दिनुहोस्