पश्चिमका १५ जिल्लामा अझै केही दिन गर्मी बढ्ने

पूर्वी नेपालबाट मनसुन भित्रिएको चार दिन भइसके पनि पश्चिम तराईका १५ जिल्लामा भने अझै केही दिन गर्मी बढ्ने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव पूर्वी र मध्य भूभागसम्म मात्रै रहेको छ। विशेष गरेर कोशी प्रदेशको पूरै भूभाग, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव छ।

khadya

मध्य र पश्चिम तराईमा भने मनसुनी वायु पुग्न अझै केही दिन लाग्नेछ। जसले गर्दा मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तथा न्यूनतम तापक्रममा लगातार वृद्धि भइरहेको विभागले जनाएको छ। कतिपय भूभागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस तथा त्योभन्दा पनि बढी मापन भएको छ।

विभागले आगामी केही दिनको देशभरको तापक्रमको अवस्था विश्लेषण गरेको छ। जस अनुसार बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर र नवलपरासीमा अत्यधिक गर्मी हुने सम्भावना छ।

त्यस्तै, कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरीमा थोरै तापक्रम घटे पनि गर्मीको सम्भावना यथावत् रहेको विभागले जनाएको छ। यी १८ जिल्लामा असार ३ गतेसम्म तातो हावा (लू) चल्ने सम्भावना छ।

त्यसैले अझै केही दिन गर्मीबाट बच्ने उपाय अपनाउन विभागले सुझाएको छ। तातो हावा तथा लूका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायत समस्या देखिन सक्छन्।

यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, सुती कपडा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन विभागले अनुरोध गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार