सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ ।

Dengue

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार र तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ तोकिएको थियो ।

शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार ४२५ रुपैयाँ कायम भएका छ । बिहीबार चाँदीको मूल्य १ हजार ४०५ रुपैयाँ तोकिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार