कञ्चनपुरमा क्रिकेट मैदान निर्माण गर्न प्रदेश सरकारले ५० लाख छुट्यायो, खेलाडी उत्साहित

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माण अघि बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेको थियो ।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले रू ५० लाख बजेट विनियोजन गरेपछि मैदानमा निर्माण अघि बढेको जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए । ‘यसअघि पहिलो चरणमा माटो भरान र ‘चेञ्जिङ रुम’ निर्माण गरिएको थियो’, उनले भने ।

Dengue

कर्भडहलभित्र क्रिकेट मैदान निर्माण हुने स्थलमा खेलकुद विकास समितिले माछा पोखरीका लागि भाडामा दिएकाले उक्त पोखरीमा माटो भर्ने काम भइरहेको अध्यक्ष चन्दले बताए । कभर्डहल निर्माणका क्रममा योजनाभन्दा बाहिर गएर धेरै संरचना बनेकाले क्रिकेट मैदान बनाउन समस्या भइरहेको उनको भनाई रहेको छ । ‘मैदान निर्माणका लागि दुई वर्षअघि रू एक करोड रकम आए पनि माटो भरान बाहेक अरु काम अघि बढ्न सकेको छैन’, अध्यक्ष चन्दले भने, ‘क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले मैदान निर्माणका लागि आएको रकम पोखरी भर्न खर्च भएको हो ।’

हाल क्रिकेटको क्रेज भए पनि पूर्वाधार विकासमा सरोकारवाला निकायले चासो नदेखाएको क्रिकेटका खेलाडी नरेश जोशीले बताएका छन् । उनले अहिले पनि राष्ट्रिय टोलीमा कञ्चनपुरका दुई जना खेलाडी रहेको र यहाँ क्रिकेट खेलाडीका लागि मैदान आवश्यक रहेकाले क्रिकेट मैदान समयमा नै निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । यता जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले क्रिकेट मैदान निर्माणको काम अघि बढेको बताए । ‘मैदान निर्माणका लागि रू ५० लाख बजेट आएको छ’, उनले भने, ‘उपभोक्ता समिति गठन भएर अहिले निर्माण सुरु गरेका छौँ ।’

यहाँ क्रिकेटका लागि मैदानका साथै अन्य भौतिक संरचना बनाउने योजना रहेपनि प्राथमिकताका साथ काम अघि बढ्न नसकेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । गतवर्ष मैदान निर्माणका लागि आएको रू ७५ लाख रकम फ्रिज भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार