गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । सरकारले गेटामा सञ्चालनको क्रममा रहेको मेडिकल कलेजलाई विश्व विद्यालयका रुपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ । सोमवार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अर्थमन्त्री प्रकाशशरण महतसँग भेटघाट गरी कैलालीको गेटामा सहिद दशरथ चन्द मेडिकल विश्व विद्यालय सञ्चालन गर्न माग सहित छलफल भएको थियो ।

उक्त छलफलका क्रममा गेटामा मेडिकल विश्व विद्यालय सञ्चालन गर्ने सरकारी प्रतिबद्धता आएको नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले बताए ।
उनले भने, “विश्वविद्यालय सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीज्यूसँग हाम्रो छलफल भएको छ, ऐन ल्याउदा विश्वविद्यालय बनाउने गरी ल्याउने तयारी सहितको सहमति भएको छ, गेटामा विश्वविद्यालय
सञ्चालन हुन्छ ।”

Dengue

यसैगरी अर्थमन्त्री महतले पनि ऐन ल्याएर संसदमा गेटामा मेडिकल विश्व विद्यालय विश्वविद्यालय सञ्चालनका लागि सम्बोधन गर्ने बताइएको छ ।
डोटीबाट निर्वाचित सांसद आलेले धनगढी–खुटिया–दीपायल–बझाङको उरैभञ्ज्याङ हुदै चीनको ताक्लाकोट जोड्ने सडक निर्माणका लागि पर्याप्त बजेट बिनियोजन गरी चीनसँगको नाका अविलम्ब खोल्न गरेको आग्रहमा पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले सकारात्मक प्रतिक्रिया दिएको सांसद आलेका स्वकीय सचिवहेमन्त रेग्मीले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ ले विश्व विद्यालयका रुपमा गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनमा ल्याउने र ताक्लाकोट जोड्ने सडकका लागि पर्याप्त बजेट बिनियोजन गर्ने प्रतिबद्धता गरेका छन् । संघीय मन्त्रिपरिषदले गेटामा विश्व विद्यालय सञ्चालन गर्ने गएको माघ महिनामै निर्णय गरेको थियो ।

विद्यालय सञ्चालन गरिने छ भनिएको छ । तर, यही जेठ १५ गतेको संघीय सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय श्ययाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा संघर्ष सुरु भएको छ ।
संघर्षका कार्यक्रम अन्तरगत आइतवार सुदूरपश्चिममा आमहड्ताल गरिएको थियो । यसैगरी विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सोमबार प्रदेश सभा घेराउको कार्यक्रम तय गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार