धनगढी । कैलालीमा ५ जना बन्दकर्ता प्रकाउ परेका छन् । गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिडेका ५ जना बन्द कर्तालाई प्रहरीले धनगढी बाट प्रकाउ गरेको छ ।
मन्त्रीको गाडीमा ढुङगा हानेको भन्दै ५ जना बन्दकर्ता लाई प्रदेश सभा भवन बाहिर बाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।
गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ। स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार सुदूरपश्चिम पूर्ण रुपमा ठप्प हुने बताए।
उनले यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरुले पनि सहयोग गर्ने बताएका छन्। संघर्ष समितिका संयोजक ‘आगो’ले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ÷संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए।


 
                     
			
 
					 
					 
					 
					 
					

 
                     
                     
                     
                     
                     
                    
प्रतिक्रिया दिनुहोस्