गौरीगंगाका विद्यालयहरुमा ३ दिनका लागि गर्मी बिदा

कैलाली: गर्मी अत्याधिक बढेपछि कैलालीको गौरीगंगा नगरपालिकाका विद्यालयहरुमा ३ दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ ।

नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै अत्याधिक गर्मीका कारण पठन पाठनमा समस्या भएको भन्दै जेठ २८ देखि ३० गते सम्म विदा दिने बताएको हो । हाल गर्मीयाम लागेसंगै तापक्रम अत्याधिक वृद्धि भइ गर्मी भइरहेको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्नुका साथै पठनपाठन पनि प्रभावित भइरहेकोले विद्यालयको बर्षे तथा हिउँदे विदाबाट कट्टी गर्ने गरी गर्मि विदा दिइएको अधिकृत गणेश जोशीद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Dengue

तराइका जिल्लाहरुमा केहि दिन यता तापक्रम बढ्न गइ गर्मी बढेका कारण जनजिवन प्रभावित भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार