कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन्।

जिल्लाको भिमदत्त नगरपालिका–६ ऐठपुरमा जमुना सार्कीको घरबाट ०.२६ ग्राम लागुऔषध खैरोहेरोईनसहित सोही ठाउँका २१ वर्षीय रबिन्द्र चन्द, १९ वर्षीय दिवस चन्द र १८ वर्षीया कञ्चन आग्री पक्राउ परेका हुन्। उनीहरुलाई गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा महेनद्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिइएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

khadya

यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका–७ लालपुरका ४३ वर्षीय गणेश सिंह भण्डारी पक्राउ परेका छन्। संकालागि चेकजाँच गर्दा उनको साथबाट रेक्सोजोशिक २ सिसी र फेनार्गन १ सिसिसहित फेलापारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई प्रहरी चौकी सुडाबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार