डडेल्धुराको सामुदायिक वनको १० वर्ष पुरानो भ्रष्टाचार मुद्दाका १९६ आरोपीले पाए सफाइ

काठमाडौं । सर्वोच्च अदालतले डडेलधुराको सामुदायिक वन फडानीसम्बन्धी एक दशकभन्दा पुरानो भ्रष्टाचार मुद्दामा सबै आरोपितहरुलाई सफाइ दिएको छ ।

सर्वोच्चको फैसलाबाट १९६ जनाले सफाइ पाएका छन् । न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासले र वन कार्यालयका कर्मचारी, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीलगायत सबैलाई सफाइ दिएको हो । उनीहरुमाथि ४३ करोड १० लाख १४ हजार बिगो माग दाबी थियो ।

Seti Hospital

सफाइ पाउनेमा क्षेत्रीय वन निर्देशक विजयराज पौड्याल, डीएफओ कृष्णप्रसाद वस्ती, धनिचन्द्र ठाकुर, सहायक वन अधिकृतहरु राजेश साह, भोलाप्रसाद चौधरी, देवशंकर यादव, सुरेश सिंह, बुद्धिराज भट्ट, रामेश्वर खकुरेल लगायत छन् । अख्तियारले ११ कर्मचारी र १८५ जना वन उपभोक्तामाथि मुद्दा चलाएको थियो ।

डडेल्धुराका सामुदायिक वनहरूमा क्षेत्रीय वन निर्देशक, जिल्ला वन अधिकृतलगायत वन कर्मचारीहरू र सामुदायिक वनका पदाधिकारीहरू समेतको मिलेमतोमा हरिया साल, सल्ला र खयरका रूखहरू काटी वन फडानी भएको भनी उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो ।

अख्तियारले रौलेश्वर सामुदायिक वनसहित १०८ वटा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले वन फडानी गरेको आरोप लगाएको थियो ।

पदाधिकारीविहीन अवस्थामा रहेको अख्तियारले ३१ भदौं २०६९ मा उनीहरुमाथि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले त्यतिबेला सयभन्दा बढी सामुदायिक वनका पदाधिकारीमाथि मुद्दा चलाएको थियो । अख्तियारले करिव साढे ७ लाख क्यूविक फिट काठ काटिएको दाबी गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार