सुदूरपश्चिम प्रदेश सरकारले जेठ २४ गते नीति तथा कार्यक्रम ल्याउने

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले जेठ २४ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ।

प्रदेश सभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेशको नीति तथा कार्यक्रम २४ गते प्रस्तुत हुने जानकारी गराए। ‘प्रदेश प्रमुख देवराज जोशीबाट प्रदेशको नीति तथा कार्यक्रम बुधबार अपरान्ह ४ बजे प्रस्तुत हुने भएको छ।

Dengue

सामान्यतया बजेट ल्याउनभन्दा १५ दिन अघि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने हुन्छ। तर, प्रदेश सरकारले विभिन्न कारण देखाउँदै नीति तथा कार्यक्रम ल्याउनमा ढिलाइ गरेको जनाइएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता धर्मराज पाठकले सरकारको गति सुस्त रहेको बताए। उनले सरकारले समयमै गर्न सक्नु पर्ने सामान्य काममा भन्दा भ्रमणमै व्यस्त देखिने गरेको बताए।

उनले भने –‘सरकारले नीति तथा कार्यक्रम समयमै सभामा प्रस्तुत गर्नुपर्ने हुन्छ । असार १ गते बजेट सभामा पेश हुन्छ । नीति तथा कार्यक्रम जति ढिलो सभामा पेश भयो त्यतिनै सभामा हुने छलफल समय कम हुन्छ ।’ उनले सरकारले पूर्णता नपाउनु, विषयगत समितिमा सभापति चयन गर्न नसक्नु लगायतले सरकार कुन गतिले अघि बढेको छ भन्ने देखाइरहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार