मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउने एक व्यक्ति पक्राउ

कैलाली। धनगढीमा मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ बोराडाडी डिलासैनी टोलका ५२ वर्षीय बिर बहादुर विष्टले मादक पदार्थ सेवन गरी शुक्रबार राति आफ्नै दुई तले पक्की घरमा आगो लगाएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले विष्टले मादक पदार्थ सेवन गरी शुक्रबार राति आफ्नै घरको बीचको कोठामा आगो लगाएको बताए।

khadya

आगो लगाउँदा कोठाभित्र रहेको सोफा, वाईरिङ तार, लत्ता कपडा ६० हजार रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ। प्रहरी र स्थानीयको सहयोगमा राति नै आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ। आफ्नै घरमा आगो लगाउने विष्टलाई प्रहरीले पक्राउ गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार