बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ पूर्ण खोप वडा घोषणा

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना सम्मका वडाभरीका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएपछि वडालाई शुक्रबार पूर्ण खोप वडा घोषणा गरिएको गुरुखोला स्वास्थ्यचौकीका प्रमुख लवदेव भट्टले जानकारी दिए ।

वडालाई पूर्ण खोप घोषणाका लागि स्वास्थ्यकर्मीहरुले खोप नलगाएका बालबालिकाहरुको खोजी गरी नियमित खोप कार्यक्रममा समावेश गरेका थिए । वडामा दुई जना बालबालिकाहरुले कुनै पनि खोप नपाएको अवस्थामा उनीहरुको खोजी गरी पूर्ण खोप दिइएको भट्टले बताए ।

Dengue

यस्तै वडाका ७ जना बालबालिकाहरुले पूर्ण खोप नपाएको अवस्थामा उनीहरुलाई पनि पूर्ण खोप दिइएपछि वडालाई पूर्ण खोप वडा घोषणा गरिएको स्वास्थ्यचौकी प्रमुख भट्टले बताए ।

बालबालिकाहरुले विभिन्न १३ रोग विरुद्ध पाउने खोपहरु राष्ट्रिय खोप तालिका अनुसार पाएको एकीन भएपछि वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो ।

वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्टको अध्यक्षतामा भएको पूर्ण खोप वडा घोषणा कार्यक्रममा दशरथचन्द नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत परमानन्द भट्ट, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

वडाहरुलाई पूर्ण खोप वडा घोषणा गरेपछि पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिने दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार