काठमाडौं: सही तरिकाले साबुनपानीले हात धुनु स्वास्थ्यका लागि अत्यन्तै आवश्यक छ। कोरोनाका साथै अन्य सरुवा रोगबाट आफूसँगै अन्यलाई पनि जोगाउन यो नै सबैभन्दा सस्तो र प्रभावकारी उपाय हो।
खाना खानु अघि, खाना खाएपछि, शौचालय गएपछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ। यसरी हात धुँदा साबुन पानीले मज्जाले मीचीमीची धुन जरुरी छ। हात धुदाँ साबुन र सफा पानीको प्रयोग गनुपर्छ।
हामीले निम्न अवस्थाहरुमा साबुन पानीले मिचीमिची हात धुनु पर्दछ
- खाना खानु र बच्चालाई खुवाउनु अधि
- खाना पकाउनु अघि र पछि
- बाह्य जुनसुकै वस्तु छोएपछि
- प्रयोग गरेपछि
- बच्चाको दिसा पिसाब सफा गरेपछि
- फोहोर कुरा छोएपछि
प्रतिक्रिया दिनुहोस्