सुदूरबासीको एउटै स्वर- ‘गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालन गर’

भक्तराज जोशी

धनगढी। सरकारले गेटा मेडिकल कलेजलाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने घोषणा गरेसँगै सुदूरपश्चिमेली जनता रुष्ठ बनेका छन् । विगतदेखि नै गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा सञ्चालन गर्न माग गरिरहेका बेला सरकारको उक्त निर्णयसँगै सुदूरबासी सरकारप्रति रुष्ट बनेका हुन् ।

यसैबीच शुक्रबार एक टोलीले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् ।

Dengue

गत माघ २९ को संघीय मन्त्रिपरिषद्ले गेटामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही बखतमा गेटामा ६ सय शैयाको अस्पताल सञ्चालन गर्ने भनिएको थियो । तर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने घोषणा गरेको छ । सरकारले उक्त घोषणा गरेसँगै हाल सुदूरपश्चिम प्रदेशमा गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न संघर्ष समिति नै बनाएर संघर्षका कार्यक्रम सुरु गरेका छन् ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले सरकारले गरेको उक्त निर्णय खारेज गर्दै गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा सञ्चालन गर्न माग गरेका छन् ।

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकको मस्यौदा तयार गरि सकेको कुरा यहाँलाई विदितै छ। तर मेडिकल माफिया र भ्रष्टाचारी नियतका राजनीतिकर्मीहरुको गठजोडले यो कामलाई विफल पार्ने काम भएको छ ।’ ज्ञापन पत्रमा भनिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार