इन्दोर भ्रमणबाट प्रचण्डले फोहोर व्यवस्थापन गर्न सिक्लान ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर भ्रमण गरे । इन्दोर भ्रमणका क्रममा उनले त्यहाँ रहेका फोहोर व्यवस्थापन केन्द्रहरुकोसमेत अवलोकन गरेका छन् । प्रधानमन्त्री प्रचण्डको इन्दोर भ्रमणको खास उद्धेश्य नै फोहोर व्यवस्थापनको अवलोकन रहेको थियो ।

इन्दोर मध्यप्रदेशको फोहोर व्यवस्थापनको नमूनायोग्य सहर हो । इन्दोर भ्रमणका क्रममा इन्दोर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले प्रधानमन्त्री दाहाललाई फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उनले स्रोतबाट नै ६ भागमा विभाजन गरेर फोहरको व्यवस्थापन हुँदै आएको बताएका थिए ।

Dengue

प्रधानमन्त्री प्रचण्ड इन्दोर भ्रमणमा गएसँगै त्यहाँको फोहोरमैला व्यवस्थापनका बारेमा खास सिको गर्छन् कि भन्ने बहस चलेको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री दाहालको इन्दोर भ्रमण्को विषयमा केहीले आलोचनासहितको पोष्ट गरेका छन् भने केहीले सकारात्मक सुझाव दिएका छन् ।

यद्यपी केन्द्रको अवलोकनपश्चात प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधिहरु पठाइ फोहर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने बताएका छन्

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार