सुनको मूल्यमा आज फेरी नयाँ रेकर्ड, तोलाको १ लाख १३ हजार पुग्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढ्दै गईरहेको छ । यससँगै आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

बिहीबार नयाँ रेकर्ड बनाएर १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्यले आज पुन: नयाँ रेकर्ड बनाएको हो ।

Dengue

शुक्रबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, चाँदी तोलामा २५ रूपैयाँले वृद्धि भई १ हजार ४३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हालै सार्वजनिक बजेटले सुनमा भन्सार दर ५ प्रतिशत बढाएसँगै सुनचाँदीको मुल्य झन् बढेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार