शरणार्थी प्रकरण : बालकृष्ण र रिजालको बयान आज

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाण, सक्कली भुटानी शरणार्थीका नेता एवं अधिकारकर्मी टेकनाथ रिजालको बयान आज हुने भएको छ।

बयानका लागि विभिन्न बाहाना बनाउँदै आएका खाणसहित रिजाल र काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान आज लिइने भएको हो। आज तीन जनाको बयान सकिए आज पक्राउ परेका अदालती सबैको बयान सकिनेछ ।

Dengue

हिजो बिहीबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान लिइएको थियो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको हो।

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो। बिहीबार यस गिरोहमा संलग्न एकजना फरार प्रतिवादी हरिभक्त महर्जन पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ । अझै १२ आरोपी फरार रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार