कृषि विकास बैंकले माग्यो १७९ कर्मचारी

काठमाडौं । कृषि विकास बैंकले १७९ कर्मचारी माग गरेको छ। बैंकले शुक्रबार सूचना निकालेर स्थायी दरबन्दीका लागि कर्मचारी माग गरेको हो ।

बैंकले प्रशासनतर्फ लेखापाल सहायक ७२ जना, प्रशासनतर्फ व्यवसाय सहायक ३६ जना र प्राविधिकतर्फ ऋण सहायक ६ जना माग गरेको छ । यस्तै कर्जा अधिर्कत ९, आईटी इन्जिनियर १, कानूनी अधिकृत २, व्यवस्पापक सूचना प्रणाली अधिकृत ३, व्यवसाय अधिकृत ३८ र आईटीतर्फ वरिष्ठ इन्जिनियर १ जना माग गरेको छ। यस्तै वरिष्ठ लेखा अधिकृत (सीए) ६, शाखा अधिकृत ४ र वरिष्ठ शाखा प्रमुख एकजना माग गरेको छ।

Dengue

इच्छुकले अनलाइनबाट फाराम भर्न सक्ने बैंकले जनाएको छ। दरखास्त दिन यही जेठ १९ गतेदेखि असार ७ गतेसम्मको २१ दिनको म्याद दिइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार