नारायणहिटी राजदरबार हत्याकाण्डको २२ वर्ष पूरा

काठमाडौं: नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते शुक्रबार राति राजदरबारमै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो।

पारिवारिक जमघट भइरहेका बेला शुक्रबार राति तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराजधिराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन, वीरेन्द्रका भाइ अधिराजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यको गोली प्रहार गरी हत्या भएको थियो ।

Dengue

त्रिभुवन सदनभित्रको बिलियार्ड बैठकको चर्चित दरबार हत्याकाण्डको रहस्य हालसम्म गर्भमै छ । दरबार हत्याकाण्ड कसले, किन र कसरी ग¥यो भन्ने विषयको उत्तर हालसम्म पाइएको छैन ।

सो घटना तत्कालीन युवराज दीपेन्द्रले घटाएको भनिएको छ । सपरिवारको हत्या गरी आफैंले गोली हानेर आत्महत्या गरेको सरकारी भनाइ थियो । तत्कालीन प्रधानन्यायाधीसको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्ड अधिराजकुमार दीपेन्द्रले गरेको बताउनुभएको थियो ।

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाका लागि तत्कालीन युवराज दीपेन्द्रलाई दोषी रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

समितिले दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरेको र अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो। तर युवराजले परिवार सबै सदस्यलाई मारेर आत्महत्या गरेको कुरा अहिले धेरै मानिसले पत्याएका छैनन्।

उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन्।

२०६२र६३ को जनआन्दोलनमार्फत पुनस् स्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो। २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्र समाप्त भयो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार