अत्तरिया – धनगढीबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । चेक अनादर लेनदेन मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–७ बेलीका ३६ वर्षीय मेलाराम रानालाई सोमवार पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनलाई धनगढी–२ सन्तोषी टोलबाटपक्राउ गरेको हो ।
कैलाली जिल्ला अदालतले २०७८-०४-१० गते रानालाई ५ सय जरीवाना सजाय सुनाएको थियो । आवश्यक कारवाहीका लागि उनलाई कैलाली जिल्ला अदालतमा पठाएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्