बैतडीको महाकाली भन्सार कार्यालयले लक्ष्य भन्दा कम राजश्व संकलन

बैतडी । बैतडीको महाकाली भन्सार कार्यालयले लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको डेढ महिना मात्रै बाँकी रहदाँ झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको हो । भन्सार कार्यालयले चालु आर्थिक बर्षमा ३८ लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । तर अहिले सम्म २४ लाख मात्रै राजस्व संकलन भएको महाकाली भन्सार कार्यालयका प्रमुख अनिलकुमार झाले बताए ।

Dengue

सीमा नाकाबाट आयात र निर्यातमा कमी आउँदा लक्ष्य अनुसार राजस्व संकलनमा समस्या भएको उनले बताए । झुलाघाट नाकाबाट अहिले निर्यात भने शून्य रहेको कार्यालय प्रमुख झाले बताए ।

भारतबाट आयात हुने सामग्री पनि हरेक बर्ष घट्दै गएको छ । कोरोना कहरपछि नाकाबाट आयात हुने सामग्री घटेको र यसको प्रत्यक्ष असर राजस्व संकलनमा परेको कार्यालय प्रमुख झाले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार