आजदेखि कैलालीको बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका १६ स्थित बेहडाबाबा मन्दिर (धाम) मा आजदेखि गंगादशहरा मेला सुरु भएको छ ।

गंगादशहरा मेला हेर्न बेहडाबाबा मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ । बेहडाबाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शी सम्म मेला लाग्दै आएको छ । पाँच दिन सम्म लाग्ने गंगादशहरा मेला भर्न कैलाली, कञ्चनपुर, बर्दियासँगै छिमेकी मुलुक भारतबाट ठुलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।

Dengue

गंगादशहरा मेला भर्न आउने कतिपय भक्तजन पैदल यात्रामै बेहडाबाबामा पुग्ने गरेका देखिन्छन् । बेहडाबाबाको दर्शन गर्नाले सन्तान प्राप्ति, सुखशान्ति, मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार