आज सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै

काठमाडौँ: सरकारले आज (सोमबार) आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण (बजेट) सार्वजनिक गर्दै छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे करिब १७ खर्ब रुपियाँ हाराहारीको बजेट प्रस्तुत गर्न लागेका हुन् ।

Dengue

राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ। अर्थमन्त्री महतले विभिन्न सार्वजनिक कार्यक्रम मै सरकारलाई स्रोत व्यवस्थापनको दबाब रहेकाले अनावश्यक प्रशासकीय खर्च कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै आएका छन्। त्यस्तै बजेटमार्फत सरकारले विकासमा अवरोध पुर्‍याइरहेका कतिपय नीतिगत अड्चन समाधानको नीति अख्तियार गर्ने अनुमान गरिएको छ।

बजेटमार्फत सरकारलाई अतिरिक्त दायित्व सिर्जना हुने नयाँ कार्यक्रम घोषणा नहुने सङ्केत अर्थमन्त्रीले गरेका छन्। सरकारले आफ्नो नीति तथा कार्यक्रममै पनि खर्च कटौती र अनावश्यक दायित्व सिर्जना नगर्ने उल्लेख गरेको थियो। त्यस्तै बजेटमार्फत कतिपय चालु खर्च र वित्तीय हस्तान्तरण भइजाने अनुदान पनि कटौती हुँदै छ।

बजेट भाषणसँगै सरकारले सोमबार विभिन्न चार वटा विधेयक प्रस्तुत गर्दै छ। बजेटका अङ्क अर्थ मन्त्रालयले टुङ्ग्याइसकेको छ। यद्यपि अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेट वक्तव्य भने सोमबार बस्ने मन्त्रीपरिषद् बैठकपछि मात्रै प्रकाशनका लागि पठाइनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार