सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन सुरू

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन शनिबार देखि सुरू भएको छ। प्रदेश प्रमुख देवराज जोशीले शनिबार बजेट अधिवेशन आह्वान गरेका हुन्।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख जोशीले शनिबार दिउँसो २ बजेका लागि बजेट अधिवेशन आह्वान गरेका थिए।

Dengue

सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को गत हप्ता बसेको बैठकले शनिबारका लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो। प्रदेश प्रमुख कार्यालयका अनुसार संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन्।

बैठकमा सुदूरपश्चिम प्रदेश आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेवल गरिएको छ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट विनियोजित बजेट २०८० मा समावेश हुने सुदूरपश्चिम प्रदेश सरकारको बजेट तथा कार्यक्रमको सिद्धान्त र आयोजना, प्राथमिकताको विवरण आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रदेश सभामा प्रस्तुत गरेका थिए।

बैठकको शून्यमा समयमा बोल्ने सासंदहरूले सुदूरपश्चिम सरकारलाई बहुआयामिक समस्याले घेरेकाले सुधार गर्न सल्लाह दिएका थिए। अर्को बैठक आइतबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार