धनगढीमा प्रथम खुल्ला टिकटक प्रतियोगिता हुने

धनगढी: धनगढीमा प्रथम खुल्ला टिकटक प्रतियोगिता हुने भएको छ ।

धनगढीस्थित शुभश्री प्यालेसले यही जेठ १२ गतेदेखि २७ गतेसम्म प्रथम खुल्ला टिकटक प्रतियोगिता गर्ने भएको हो । बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता आयोजना गर्नेबारे जानकारी दिएको छ । १६ दिनसम्म प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, द्धितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार सात हजार रहेको कार्यक्रमका संयोजक भरतबिक्रम शाहले बताए । प्रतियोगितामा आकर्षक उपहारको समेत व्यवस्था गरेको उनले बताए ।

Dengue

यसमा सहभागी हुनेले हरेक टिकटकरहरुले शुभश्रीको प्रचार–प्रसार झल्किने गरी कन्टेन्ट बनाउनुपर्ने छ । टिकटकमा आफैले बोलेको कन्टेन्ट बनाउनु पर्नेछ । शुभश्रीको सुइमिङ पुलको पानीमा बनाएको भिडियो हुनुपर्ने छ ।

प्रतियोगिताका टप ५ लाई सुइमिङको प्याकेज, टप ३ लाई निर्सग अस्पतालद्वारा होलबडी चेकअप, टप २ लाई एसटीएस सिनेमाबाट २ वटा टिकट र बालाजी इलेक्ट्रोनिक्सबाट गिफ्ट हेम्परको व्यवस्था गरिएको छ ।

कोरोना पछि व्यापार व्यवसाय धरासय भएको हुँदा यसलाई मध्य नजर गर्दै यस प्रतियोगिताको आयोजना गरिएको शुभश्री प्यालेसका सञ्चालक कविन्द्र पन्तले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार