नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्‍याएरै छाड्छौ : गृहमन्त्री

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पु¥याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयमा आज एमालेसम्वद्ध राष्ट्रिय युवा सङ्घको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीलाई राजनीतिक दबाब र प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न निर्देशन दिएको जानकारी गराउदै यस प्रकरणमा कोही पनि निर्दोष फस्न नफस्ने र दोषीलाई कुनै पनि नाममा छुट नदिइने स्पष्ट पारेका हुन् ।

Dengue

प्रहरीले बयानलाई तथ्य प्रमाणसँग जोडेर हेरेको भन्दै उनले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरू प्रमाणहरूको खोजी गर्ने प्रक्रियामा नेपाल प्रहरी रहेको भनेर बुझ्न सबैलाई आग्रह पनि गरेका छन् ।

आफ्नै नागरिकलाई अनागरिक बनाउने धन्दामा राज्यकै निकायमा रहेका विशिष्ट व्यक्तिहरूको संलग्नता देखिनुले सबै नेपालीको शिर निहुरिएको भन्नुहुँदै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनले देशलाई जर्जर बनाएको र भ्रष्टाचारको जालो नफ्याल्दासम्म मुलुक समृद्धिको यात्रामा जान नसक्ने बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै युवा सङ्घले गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार