कञ्चनपुरको एक ग्यारेजमा आगलागी हुँदा ६ लाख बराबरको सामान नष्ट

कञ्चनपुर: कञ्चनपुरको एक ग्यारेजमा आगलागी भएको छ । बिहीवार बिहान जिल्लाको बेलौरी नगरपालिका–२ गोकुलपुर बजारमा रहेको चौधरी ब्याट्री मर्मत ग्यारेजमा आगलागी भएको हो ।

आगलागीबाट ६ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरले जनाएको छ । स्थानीय व्यवसायी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार