चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस् अवार्ड असार ८ गतेदेखि सुरु हुने

धनगढी । नेपाल खेलकुद मञ्च कैलालीले धनगढीमा सुदूरपश्चिम स्पोट्र्स अवार्ड आयोजना गर्ने तयारी थालेको छ । आगामी असार ८ गते गरिने स्पोट्र्स अवार्डमा विसं २०७९ को वैशाखदेखि चैतसम्म सुदूरपश्चिम प्रदेशका खेलाडीले गरेको प्रदर्शनका आधारमा विभिन्न आठ विधामा अवार्ड प्रदान गर्न लागिएको आयोजकले जनाएको छ ।

ज धनगढीमा गरिएको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष प्रदीप पाठकले यो कार्यक्रमको तयारी सुरु भइसकेको जानकारी दिए । पाठकका अनुसार अवार्डअन्तर्गत वर्षको उत्कृष्ट खेलाडी पुरुष तथा महिला, वर्षको उत्कृष्ट प्रशिक्षक, वर्षको युवा खेलाडी, सुदूरपश्चिमको आइकन पुरुष तथा महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्ड गर्न लागिएको छ ।

Dengue

लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डको घोषणा कार्यक्रम आयोजना भएकै दिन गरिने र अन्य छ विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरी कार्यक्रम हुने दिन विजेताको घोषणा गरिने जनाइएको छ । अवार्ड कार्यक्रम गर्नुअघि क्रमशः मनोनयमा परेकाको नाम सार्वजनिक गरिने मञ्चका महासचिव हरि जोशीले जानकारी दिए । वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही रु ३५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

सुदूरपश्चिम आइकन पुरुष तथा महिलाको विजेताले रु २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै वर्षको प्रशिक्षकले रु ३० हजार, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र वर्षको युवा खेलाडीलाई जनही रु २५ हजारसहित ट्रफी प्रदान गर्न लागिएको छ । खेल क्षेत्रको विकासका लागि मञ्चले पछिल्लो तीन वर्षदेखि सुदूरपश्चिम अवार्डको आयोजना गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार