जानकी गाउँपालिकाको डेढ करोड लगानीमा निर्माण भएको कवर्डहल बेकामे बन्यो

कैलाली । कैलालीको जानकी गाउँपालिका–१ दुर्गौलीमा कभर्डहल निर्माण दुई वर्ष अगाडि सम्पन्न भएको थियो । विशेषगरी ब्याडमिन्टन खेलाडीलाई लक्षित गरेर निर्माण भएको कभर्डहलमा ब्याडमिन्टनका दुई कोड निर्माण भएका छन् । खेलप्रेमीका लागि बस्ने व्यवस्था पनि छ । उसरीभन्दा सबै सुविधा कभर्डहलमा भित्र छ । निर्माण सम्पन्न भएको कभर्डहल अझै पनि पूर्णरुपमा सञ्चालन आउन सकेको छैन ।

तत्कालीन गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीको पालामा भएको महत्वपूर्ण काममध्ये त्यो पनि एक हो । केही समयसम्म सञ्चालनमा आएको कभर्डहल यतिबेला पूर्णरुपमा बन्द भएको छ । गाउँपालिकाले करिब रु दुई करोड लगानी गरेको कभर्डहल प्रयोगविहीन भएपछि स्थानीयले गाउँपालिकाको विरोधसमेत गर्न थालेका छन् ।

Dengue

‘करोडौँ लगानी भयो, तर त्यसको सदुपयोग हुन सकेन । त्यहाँ लगानी भएको पैसा अन्य खेलकुद मैदान व्यवस्थापनमा खर्च भएको भए गाउँपालिकाभित्रका सबै खेलाडीलाई राम्रो हुन्थ्यो होला’, स्थानीय समाजसेवी बपलबहादुर रावतले भने, ‘अहिले संरचना छ त्यसको काम छैन, सञ्चालन नभएरै जीर्ण हुने अवस्थामा कभर्डहल पुगेको छ, खेलाडीले पनि कभर्डहलको प्रयोग गर्न पाएका छैनन् ।’

कभर्डहल निर्माणका लागि गाउँपालिकाले निर्माण कम्पनीसँग रु एक करोड ८४ लाखमा सम्झौता गरेको थियो । निर्माण कम्पनीले कभर्डहल निर्माण गरेबापत गाउँपालिकाबाट रु एक करोड ८० लाख भुक्तानी लिएको गाउँपालिकाका इञ्जिनियर योगेन्द्र शाहले बताए । शाहका अनुसार कभर्डहलको निर्माण कार्य सम्पन्न भएर २०७८ मङ्सिरमा गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।

‘निर्माणका लागि गर्नुपर्ने प्रक्रिया हामीले पूरा गरेपछि त्यसलाई सञ्चालनको प्रक्रियामा लैजाने काम जनप्रतिनिधिले गर्नुपर्ने हो’, इञ्जिनियर शाहले भने, ‘अहिले प्रयोगविहीन भएको कभर्डहल सञ्चालनमा ल्याउनुपर्छ भन्ने मान्यता हाम्रो पनि हो, अब त्यसका लागि जनप्रतिनिधि लाग्नुभएको होला ।’

कभर्डहललाई गाउँपालिकाले गाउँसभाको समयमा प्रयोगमा ल्याउने गरेको थियो । गाउँसभा तथा कार्यपालिकाको बैठक पनि पहिले त्यहीँ कभर्डहलमा हुनेगरेको भए पनि अहिले सो क्षेत्रमा होटल सञ्चालन भएपछि त्यहाँ हुने सभा तथा बैठक भाडा तिरेर होटल केन्द्रित पनि भएका छन् । त्यसले गाउँपालिकाको व्ययभार बढाएको छ भने भएको संरचनाको सदुपयोग हुन सकेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार