धनगढीमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकः १६ नम्बर वडामा २ सय बढी लाभांवित

धनगढी । धनगढी उपमहानगरपालिकाद्धारा सञ्चालित विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट हालसम्म २ सय बढि लाभांवित भएका छन् ।

उपमहानगरपालिकाले वडा नम्बर १६ को उर्मा स्वास्थ्य चौकीमा सञ्चालन गरेको उक्त क्लिनिकबाट २ सय ३२ जना सेवाग्राहीले सेवा लिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिएका छन् । नगरबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले ५ गतेदेखि क्लिलिन सञ्चालन गरेको थियो ।

Dengue

५ गतेदेखि सञ्चालन गरिएको विशेषज्ञ स्वास्थ्य क्लिनिकमा शुक्रबार फिजिसियन, स्त्री तथा प्रसुती रोग, आँखा, दाँत सम्बन्धि बिरामीहरूले सेवा लिएका थिए । हालसम्म नयाँ तथा पुरानो गरि सेवा लिने सेवाग्राहीको कृुल संख्या २ सय ३२ पुगेको छ ।

उपमहानगरपालिकाले गाउँगाउँमै विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चालन गरेसँगै नगरबासीहरुले नगरप्रमुख हमाललाई धन्यावाद दिईरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार