५५औँ वाषिकोत्सवको अवसरमा धनगढीमा ‘बीमा सचेतनामुलक प्रभातफेरी’

धनगढी । बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयले धनगढीमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ५५औँ वार्षिक उत्सवको अवसरमा प्राधिकरणले धनगढीमा बीमा सचेतनामुलक प्रभातफेरी गरेको हो ।

धनगढीको चौराहदेखि सुरु भयो प्रभातफेरी प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालयको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेशका सहायक निर्देशक दिपक ज्ञवालिले बीमा क्षेत्रमा सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा पछाडी रहेको बताएका छन् । ‘पछिल्लो दिन मुलुक बीमा क्षेत्रमा निकै अगाडी छ । तर सुदूरपश्चिम प्रदेश अलि पछि नै परेको छ’, उनले भने, ‘बीमाको क्षेत्रमा अझै थप मिहेनत गर्नुपर्ने देखिन्छ ।’

Dengue

त्यस्तै उनले पछिल्ला दिन बीमा क्षेत्रमा केही व्यथिति देखिएकोले पनि यसप्रति बीमार्कीहरु सचेत हुनुपर्ने बताएका छन् । सोही अवसरमा जीवन बीमाको तर्फबाट एशियन लाइफका प्रदेश प्रमुख लोकराज जोशिले बीमा प्राधिकरणले सुदूरमा बीमा क्षेत्रको दायरा विस्तारका लागि खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

वार्षिक उत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक प्रेमहरि पोखरेलले मैत्रीपुर्ण फुटसल प्रतियोगिताका खेलाडीहरुलाई प्रमाणपत्रसमेत वितरण गरेका थिए । कार्यक्रममा जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख, शाखा प्रमुख, बीमाकर्मीलगायतको उपस्थिती रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार