कैलालीमा एक सातामा दुई जना गर्भवती–सुत्केरीको मूत्यु

कैलाली। कैलालीमा एक साताको अवधीमा दुई जना गर्भवती–सुत्केरीको ज्यान गएको छ ।

गौरीगंगा नगरपालिका वडा ८ कि २० वर्षीया हिरा चौधरीको गत बुधबार र सोही नगरपालिकाको वडा २ कि ३५ वर्षीया सरला तुलाधरको आइतवार मृत्यु भएको हो। चौधरी र तुलाधरलाई पहिले आमा सुरक्षा कार्यक्रम लागु नभएको धनगढीको नीजि क्षेत्रको अस्पताल निसर्ग लगिएको थियो । चौधरी सेती प्रादेशिक अस्पतालमा थप उपचारका लागि गएको भए पनि तुलाधरलाई भने निसर्गबाटै घर लगिएको थियो । चौधरीको बच्चा पनि सामान्य अवस्थामा रहेको छ । तर तुलाधरको भने गर्भ रहेको छ महिना मात्र भएको थियो ।

Dengue

सेती प्रादेशिक अस्पतालका डा.जगदीशचन्द्र विष्टले चौधरीलाई प्रेसरको समस्या भए पनि सामान्यढङ्गले बच्चा जन्मेको बताए । आमा र बच्चाको अवस्था सामान्य रहेपछि २६ गते घर पठाइएको थियो । ‘त्यही राति पिसाव अड्किएपछि फेरि हामी कहाँ ल्याइयो, ठिक भइरहेको थियो, २७ गते एक्कासी उल्टी भएपछि ज्यान गयो’ उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार