बैतडीमा बैंककी कर्मचारीलाई कुटपिट गर्ने एक जना पक्राउ

बैतडी। बैतडीको सिगास गाउँपालिकामा एक जना महिला कर्मचारी कुटिएकी छिन ।

शनिवार जिल्लाको सिगास गाउँपालिका-१ का २८ वर्षीय केशव धामीले कृषि विकास बैंकमा कार्यालय सहयोगीका रूपमा कार्यरत २८ वर्षीया सुसिला धामीलाई कुटपिट गरेका हुन् । प्रहरीका अनुसार सिगास गाउँपालिका-२ मा रहेको कृषि विकास बैंकमा कार्यरत महिला कर्मचारीमाथि कुटपिट भएको हो । शनिवार दिउँसो गाजरी बजारमै सुशिलामाथि कुटपिट भएको र कुटपिट गर्ने केशव धामीलाई प्रहरीले पक्राउ गरेको छ ।

Dengue

केशवले मदिरा सेवन गरी कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार