कञ्चनपुरमा प्रतिबन्धित कुखुरासहित दुई जना पक्राउ

धनगढीः कञ्चनपुरमा प्रतिबन्धित कुखुरासहित दुई जना पक्राउ परेका छन्।

शनिवार जिल्लाको बेलौरी नगरपालिका-६ भुराकोटबाट दुई वटा मोटरसाइकलमा भारतबाट नेपाल ल्याइरहेको करिब २ क्विन्टल २० किलोग्राम बोइलर कुखुरासहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ।

Dengue

से ५ प ८००१ नम्बरको होण्डा साइन र से ३ प ६३२५ नम्बरको बजाज मोटरसाइकलमा नेपाल भित्र्याइएको बोइलर कुखुरासहित बेलौरी नगरपालिका–७ बरैयाका ४० वर्षीय किसन राना र वडा नम्बर ४ रिछाह बस्ने ४३ वर्षीय जवाहर रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार