अछामका पाँच विद्यालय मर्ज

अछामः अछामका पाँच विद्यालय मर्ज भएका छन्। जिल्लाको चौरपाटीका पाँच विद्यालय एक आपसमा गाभिएका हुन्।

विद्यार्थी कम हुँदै गएपछि चौरपाटी गाउँपालिकामा सञ्चालित ती सामुदायिक विद्यालय मर्ज भएका छन्। बैशाख २९ गते बसेको कार्यपालिका बैठकले वडा नम्बर १ को धु्रवतारा आधारभूत विद्यालयलाई सिउडी माध्यमिक विद्यालय, वडा नम्बर ४ का सुर्योदय र नागातोला आधारभूत विद्यालयलाई बैद्यनाथ माविमा र वडा नम्बर ५ को कर्मलोक र ठुलाढंगा आधारभूत विद्यालयलाई दयापिपलतोला माध्यमिक विद्यालयमा मर्ज गरिएको छ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र जोशीले संघीय सरकारले बनाएको मापदण्ड अनुसार समायोजन गरिएको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार