बैतडीमा लम्पी स्कीन रोगबाट तीन सय पशुचौपाया मरे

बैतडी: बैतडीका पशुचौपायामा लम्पी स्कीन रोग प्रकोपका रुपमा फैलिएको छ। जिल्लामा अहिले यो रोगका कारण झण्डै ३ सय पशुचौपाया मरीसकेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए।

जिल्लाभरी लम्पी स्कीनका कारण ३ हजार १४६ पशुचौपाया बिरामी परेका पन्तले जानकारी दिए। सबैभन्दा बढी मेलौली नगरपालिकामा लम्पी स्कीनको प्रकोप फैलिएको बताइएको छ।

Seti Hospital

कामा लम्पी स्कीनबाट १ हजार १ सय पशुचौपाया बिरामी परेका छन् भने १२ पशुचौपाया मरेका छन्।

लम्पी स्कीनका कारण घरपालुवा जनावरहरु धमाधम मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन्। लम्पीस्कीनबाट गाईगोरु बढी प्रभावित भएका पशु सेवा विज्ञ केन्द्रका प्रमुख पन्तले बताए।

पशुचौपायाहरुमा ज्वरो आउने, सिँगान तथा र्याल बगाउने, शरीरमा गीर्खा आउने, खुर पाक्ने लगायत लक्षण देखिने गरेका छन्। लम्पी स्कीनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुहरुको उपचारमा समस्या भएको पशु प्राविधिकहरुले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार