उद्योगमन्त्री रिजाल र अमेरिकी राजदूतबीच भेट

काठमाडौं: उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध,व्यापार तथा लगानीलगायत विविध विषयमा कुराकानी भएको हो।

भेटमा मन्त्री रिजालले नेपालको विकासलगायतका विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सह्रानीय रहेको बताए । आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको मन्त्री रिजालले स्पष्ट पारे। नेपाल र अमेरिकाबीच वर्षौदेखिको मित्रता रहेको बताउँदै मन्त्री रिजालले अमेरिकी राजदूत डिन आर थम्पसनको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझै प्रगाढ रहने विश्वास व्यक्ति गरे।

Seti Hospital

नेपालमा लगानी भित्र्याउन अमेरिकी राजदूत डिन आर थम्पसनको पूर्ण सहयोगको अपेक्षा गर्दै मन्त्री रिजालले लगानीको वातावरण बनाउन नेपाल सरकार सदैव तयार रहेको स्पष्ट पारे । पर्यटन क्षेत्रमा कसरी बढी लगानी भित्र्याउन सकिन्छ भन्ने तर्फ मध्ये नजर गर्न जोड दिँदै मन्त्री रिजालले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे।

अमेरिकाबाट प्राप्त विकास सहायताले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउँदै मन्त्री रिजालले आगामी मेमा काठमाडौंमा हुने टिफा काउन्सिलको छैठौं बैठक द्विपक्षीय व्यापार तथा लगानी प्रवर्दनका लागि फलदायी हुनेमा विश्वास व्यक्त गरे।

भेटका क्रममा मन्त्री रिजालले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदा समेत नेपाल व्यापार प्राथमिकता कार्य्रक्रमजस्तो कार्य्रक्रमलाई अमेरिकाले कुनै न कुनै रुपमा निरन्तरता दिनको लागि राजदूत थम्पसनमार्फत् अमेरिकी सरकारसँग आग्रह गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार