चैतमा २५ करोड डलरले बढ्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौं । चैत महिनामा मात्रै २५ करोड डलरको विदेशी विनियम सञ्चिति थप भएको छ । नेपाल राष्ट्र बैंककको तथ्यांक अनुसार फागुन मसान्तसम्म १० अर्ब ६९ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति चैतमसान्तसम्म १० अर्ब ९४ करोड डलर पुगेको छ । गत असार मसान्तमा यस्तो सञ्चिति ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति १४.८ प्रतिशतले बढेको हो ।

गत असार मसान्तमा नेपाली रुपैयाँमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९ महिनाको अवधिमा १७.९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चैत मसान्तमा सञ्चिति बढेर १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

Dengue

यस्तो सञ्चितिमध्ये चैत मसान्तमा १२ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ बराबर नेपाल राष्ट्र बैंक १५९ अर्ब ७४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुसँग छ ।

९ महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन अनुपात २६.६ प्रतिशत छ । यस्तै कुल आयात अनुपात ७८.९ प्रतिशत र विस्तृत मुद्राप्रदाय अनुपात २४.४ प्रतिशत छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार