नेप्समा दोहोरो अंकको वृद्धि

काठमाडौं । सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले त्रैमासिक रुपमा आधार दरमा भएको परिवर्तन अनुसार मासिक रुपमा नै कर्जाको ब्याजदर घटाउन सक्ने व्यवस्था गरेको थियो । घट्दो आधार दरमा मासिक रुपमा ब्याजदर परिवर्तन गर्न पाइने भएपछि कर्जाको ब्याजदर घट्ने आशामा मंगलबार सेयर बजारमा लगानीकर्ताले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

आइतबार र सोमबार लगातार दुई दिन दोहोरो अंकले घटेको बजार परिसूचक नेप्से मंगलबार भने बढेर बन्द भएको छ । मंगलबार नेप्से १०.६६ अंकले वृद्धि हुँदा १८४४.३६ अंकमा बन्द भएको छ । नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने केही घटेको छ । सोमबार ८२ करोडको कारोबार भएको बजारमा मंगलबार भने ७७ करोड ४८ लाखको कारोबार भएको छ ।

Dengue

मंगलबार नेप्सेमा सबै उपसूचकमा वृद्धि हुँदा बजार परिसूचक पनि बढेको हो । होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.९६ प्रतिशतले वृद्धि हुँदा उत्पादनमुलक उपसूचक १.३६ प्रतिशत र हाइड्रोपावर उपसूचक १.०८ प्रतिशतले वृद्धि भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार