कैलालीको भासु भिरमा खस्यो ग्यास सिलिण्डर बोकेको ट्रक

धनगढीः कैलालीको भासु भिरमा ग्यास सिलिण्डर बोकेको ट्रक खसेको छ।

आइतबार राति १ बजे दार्चुलाबाट धनगढी आउँदै गरेको खाली ग्यास सिलिण्डर बोकेको मालबाहक सवारी भासु भिरमा दुर्घटना भएको हो।

Dengue

जिल्लाको चुरे गाउँपालिका–५ खानीडाडास्थित भासु भिरमा ७-८ सय मिटर तल ट्रक खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरका राजेन्द्रप्रसाद बिष्टको सुदूरपश्चिम प्रदेश ०१००१ क १८१० नम्बरको आइसर कम्पनिको ट्रक दुर्घटनामा परेको हो।

गाडीमा लोड गरिएका सबै ग्यास सिलिण्डर र ट्रकमा क्षति पुगेको छ। मानवीय क्षति नभए पनि गाडी र गाडीमा रहेका खालि सिलिन्डर पुर्ण क्षति भएको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार