कैलालीमा बोका चोरीको आरोपमा २ जना पक्राउ

धनगढीः कैलालीमा बोका चोरीको आरोपमा २ जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिकाका दुई युवकलाई बोका चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा ५ स्थित जमुनाटोलमा बोका चोरी गरेको आरोपमा गोदावरी नगरपालिका १० मालाखेतीका नविन ताम्राकार र हरिश चुनारालाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुरको गुलरियाबाट खटिएको प्रहरी टोलीले नीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरु दुबैलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय झलारीको जिम्मा लगाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार