भजहर कप फुटबलको उपाधि सुविच्छा कटेजलाई 

धनगढी: कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ लोहरपुरमा भएको तेस्रो भजहर कप फुटबल प्रतियोगिताको उपाधि सुविच्छा कटेजले जितेको छ।फाईनलमा बेली युवा क्लबलाई २–० ले हराउँदै सुविच्छा कटेजले उपाधि जितेको हो।

थारुहरुको पर्व भजहरको अवसरमा हरेक बर्ष हुदैं आएको भजहर कपको तेस्रो संस्करणको उपाधि सुविच्छा कटेजले जितेको हो। श्री युवा जनहित क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेता सुविच्छा कटेजले नगद एक लाख प्राप्त गरेको छ। तथा उपविजेता बेली युवा क्लबले नगद ५० हजार सहित ट्रफी प्राप्त गरेको छ। विजयी खेलाडीहरुलाई कैलाली गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे।

Seti Hospital

थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार