एसियाली भारोत्तोलनमा कञ्चनपुरका सागरले प्रतिस्पर्धा गर्ने

महेन्द्रनगर: कञ्चनपुरका सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने पुरुष १०९ किलोमाथिको तौल समूहमा २२ वर्षीय भण्डारी भिड्ने छन् ।

कञ्चनपुरका भारोत्तोलन प्रशिक्षक जीवन गौतमका अनुसार भण्डारी १५ वर्षको उमेरदेखि भारोत्तलनमा समर्पित छन् । उनी प्रशिक्षक गौतमका उत्पादन हुन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका भण्डारी यतिबेला एसियाली च्याम्पियनसीपको तयारीमा छन् । उनी एक महिनादेखि प्रशिक्षक गौतमसँगै काठमाडौँमा बन्द प्रशिक्षणमा रहेका छन् ।

Dengue

यसअघि उनले नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० मा रजत पदक प्राप्त गरेका थिए । भण्डारीको यो चौथो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । भण्डारीको साथमा कञ्चनपुरका भारोत्तोलन प्रशिक्षक गौतमसमेत सहभागी हुनेछन् । आफ्नो तौल समूहमा उनले आठौँ र नवौँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।

झन्डै ३३ वर्षअघि सुदूरपश्चिमबाट भारोत्तोलनमा धनगढीका स्व भरत साउदले ओलम्पिकमा खेलेको इतिहास छ । अहिले भण्डारीलाई पनि ओलम्पिक कमिटीले ओलम्पिकमा सहभागी गराउने उद्देश्यले छनोट गरी बन्द प्रशिक्षणमा राखेको छ ।

आगामी पेरिस ओलम्पिकको छनोट प्रतियोगिताका रूपमा हेरिएको एसियाली च्याम्पियनसीपमा भण्डारी खेलाडी, गौतम प्रशिक्षक तथा व्यवस्थापक रामसुन्दर श्रेष्ठ सोमबार कोरिया प्रस्थान गर्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार