बझाङको साइपालमा छोरी जन्माउने आमालाई पुरस्कार

धनगढीः बझाङको साइपाल गाउपालिकाले छोरी जन्माउने आमालाई पुरस्कारसहित सम्मान गरीएको छ।

निर्वाचित भैसकेपछि छोरा र छोरीमा हुने विभिेद अन्त्य गर्न २०७९ र८० को बजेटबाट रकम छुट्रयाएर उक्त कार्य अगाढी बढाइएको हो। साइपाल गाउपालिका उपाध्यक्ष डोल्मा तामाङले प्रोत्साहन स्वरुप उक्त कार्य गरिएको बताए। सुत्केरी खर्च स्वरूप प्रत्येक महिलालाइ खादासहित २ हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको उनले बताए।

Dengue

बढ्दै गएको लैंगिक विभेदको अन्त्य र छोरी जन्माउने आमालाई समान व्यवहार गर्नु पर्ने उदेश्यका साथ छोरी जन्माउने आमाहरुलाई सुत्केरी पोषण खर्च स्वरूप पालिकाले रकम प्रदान गर्न सुरु गरेको हो। छोरालाई मात्र सम्मान गर्ने तर छोरीलाई अपहेलना गर्ने प्रवृत्ति लाई नयाँ मोड दिन आर्थिक वर्ष २०७९ र८० का लागि नयाँ कार्यक्रम ल्याइएको उपाध्यक्ष तामाङले बताए।

आज वडा नम्बर ३ मा छोरी जन्माएकी १२ जना महिलालाइ सम्मानसहित २ हजार नगद पुरस्कार बितरण गरीएको छ। हिजो वडा नमबर ४ मा ४ जना महिला र वडा नमबर ५ कि १ महिलाइ पुरस्कारसहित सम्मान गरीएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार