कञ्चनपुुरमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी । कञ्चनपुुरमा ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका-९ खल्लामा नेपालगञ्जबाट तारजाली बोकेर आइरहेको भे १ ख ३९५३ नम्बरको ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dengue

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्रक विद्युतको तारमा छुँदा करेन्ट लागेर चालक बाँकेको राप्ती सुनारी गाउँपालिका बस्ने ३२ वर्षीय खुमबहादुर रोक्का मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार