धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले उक्त निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।
सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन खोजिरहेको थियो । तर, रास्वपाले भने सरकारले न्यूनतम साझा कार्यक्रममा आफ्नो एजेन्डा हटाएको भन्दै आपत्ति जनाउँदै आएको थियो । पार्टी सभापति रवि लामिछानेले पनि सांसदको शपथ लिएको बेला सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना बढेको बताएका थिए ।
प्रतिक्रिया दनुहोस्