धनगढी । धनगढीमा बैशाख २३ गते (शनिबार) बिहान ६ बजेदेखि १० बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ । शुत्रबार नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले एक सूचना जारी गर्दै बिहान ६ बजेदेखि १० बजेसम्म विद्युत् लाईन अवरुद्ध हुने जनाएको हो ।
प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयको कम्पाउण्ड भित्रको स्पान अन्डर ग्राउन्ड गर्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
‘अत्तरिया–धनगढी ३३ केभी प्रशारण लाईनको सुदूरपश्चिम प्रादेशिक कार्यालयको कम्पाउण्ड भित्रको स्पान अन्डर ग्राउण्ड गर्नुपर्ने कार्यको लागि बैशाख २३ गते बिहान ६ बजेदेखि १० बजेसम्म धनगढी सवस्टेशनबाट प्रशारण हुने सबै फिडरको लाईन अवरुद्ध हुने जानकारी गराईन्छ ।’– सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दनुहोस्