आज यस वर्षको पहिलो चन्द्र ग्रहण

काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन ।

यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ । चन्द्रग्रहण तीन प्रकारका हुन्छन्( पूर्ण, आंशिक र पेनुमब्रल । आजको चन्द्रग्रहण पेनुमब्रल हो । पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछाया मात्र पर्छ । यसलाई अंग्रेजीमा पेनुमब्रा भनिन्छ । यसमा पृथ्वीको हल्का छाया परेको मात्र देखिन्छ । त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविदहरुले जनाएका छन् । चन्द्रमाको आकार अरु सामान्य दिनमै जस्तो देखिने छ । तर रंग भने हल्का गुलाबीजस्तो हुनेछ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार