कैलालीमा काठको गोलिया बरामद

धनगढी: कैलालीमा काठको गोलिया बरामद गरिएको छ। जिल्लाको कैलारी गाउँपालिकाको वडा नम्बर २ रामपुरबाट इलाका प्रहरी कार्यालय हसुलियाले काठको गोलिया बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय हसुलियाका प्रहरी नायव निरिक्षक राजेन्द्रसिंह कार्कीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले कैलारी गाउँपालिका–२ रामपुर गाँउमा सालको गोलिया खाल्डोमा लुकाएर राखिएको छ भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा राजकुमार चौधरी, आईतवारी चौधरीको खेतमा खाल्डोखनि लुकाएर राखिएको अवस्थामा सालको विभिन्न साईजका ६ वटा १२६ क्यु फिट फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोलियालाई रीतपुर्वक बरामद गरि आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय उदासीपुर कैलाली पठाईएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार